काठमाडौं, ११ चैत्र । आज बसेको कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना संक्रमणको उपचारमा चाहिने स्वास्थ्य उपकरण आपूर्ति गर्न निजी क्षेत्रलाई आह्वान गरेको छ । समितिको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । त्यस्तै, बैठकपछि खतिवडाले भने,‘निश्चित दिनभित्र त्यस्ता उपकरण ल्याउन सक्नेहरुसँग समन्वय गरेर आपूर्ति सहज गर्ने निर्णय भएको छ ।’file photo/ReportersNepal