Logo

विश्वभर विमानहरुलाई पार्किङ अभाव



एजेन्सी, १२ चैत्र । कोरोना भाइरसको संक्रमणका कारण विश्वभर मुख्य वायुसेवा कम्पनिहरुको विमान ठप्पप्रायः छन् । विश्वभर कुल विमानमध्ये २० हजार जति विमान उडिरहेका हुन्थे ।

तीमध्ये सबैजसो विमान अहिले भुईँमै छन् । भुईंमै रहनुपर्दा विश्वका अधिकांश स्थानमा विमान पार्किङ अभाव भएको छ । यसै पनि पार्किङ महङ्गो छ । युरोपका मुख्य विमानस्थलहरुमा प्रतिघण्टा २८५ डलर पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ ।

विश्वका ठूला वायुसेवा कम्पनिमध्ये डेल्टा, कान्टास, लुप्थान्सालगायतको ६० देखि ९० प्रतिशत विमान ग्राउन्डेड छन् । ती देशले विमान पार्किङका लागि तत्काल विमान पार्किङको स्तरोन्नति गर्नुपर्ने अवस्था बनेको छ ।



प्रतिक्रिया दिनुहोस्