काठमाडौं, १३ चैत्र । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले कोरोना भाइरस (कोभिड १९) को महामारीले नेपालमा पनि ठूलो असर परेको भन्दै यस्तो विषम घडीमा सरकारलाई सहयोग नगर्ने निजी क्षेत्र अर्थात उद्योगी तथा व्यवसायीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उनले असहयोग गर्ने उद्योगपतिहरुलाई जेल हाल्नेसम्मको कडा चेतावनी दिएका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संकटको यो घडीमा अनियमितता र कालोबजारी गर्नेलाई सरकारले ठूलो जरिवानासहित कारबाही गरेको पनि जानकारी दिए ।
https://youtu.be/AkBBLfCXRrg
जनतालाई सास्ती र दुःख दिने काम नगर्नु भनेर सरकारले बेलैमा उद्योगपति र व्यवसायीहरुलाई चेतावनी दिईसकेकोले चेतावनीलाई बेवास्ता गरेर अघि बढे नछोड्ने उनको चेतावनी छ ।