जीवनमा सफलता पाउनको लागि आत्मविश्वास धेरै महत्वपुर्ण हुन्छ । प्रत्येक व्यक्ति सफलतामा पुगेपछि उसको आत्मविश्वासको गुण देखिन्छ । आत्मविश्वास एक यस्तो गुण हो जो कसैमा हुन्छ, कसैमा धेरै त कसैमा कम । आफ्नो वर्तमान स्तर बढाउनको लागि आत्मविश्वासलाई धेरै बढाउनु पर्छ ।
ड्रेसअपमा सुधार गर्नेः तपाइँले गरेको ड्रेसअप अनुसार तपाइँको आत्मविश्वासमा असर पर्छ । यसले राम्रो देखाउनुको साथै मानिसहरुसँग प्रतिस्पर्धा गर्न आत्मविश्वास दिन्छ ।
आत्मविश्वासी मानिसहरुले जे गर्छन त्यहि गर्ने कोशिश गर्नेः तपाईँको वरपर यस्ता मानिसहरु धेरै नै देखिन्छन तपाइँलाई लाग्छ कि यी मानिस धेरै आत्मविश्वासी हो । यी व्यक्तिलाई माथी ध्यान राखी उसले गरेको त्रृmयाकलापलाई आफ्नो जीवनमा उर्तानुपर्छ ।
कुनै एक विषयमा धेरै मानिस भन्दा बढी हुनुः हरेक कोही हरेक फिल्डमा सक्षम हुन सक्दैन, तर उ आफ्नो इच्छाले एक दुई सेक्टर छान्न सक्छ जसकारण अरु भन्दा बढी बन्न सक्छ ।
आफ्नो उपलब्धि सम्झनेः सानो होस् वा ठुलो तपाइँको वितेको उपलब्धिले आत्मविश्वास महसुस गर्न मद्दत गर्छ ।
गल्ती गर्न नडराउनेः गल्ती गर्नु मानिसको स्वभाव हो, र म गर्छु । यो जन्मसिद्ध अधिकार पनि हो । गल्ती गर्नु गलत होइन, उसलाई दोहो¥याउनु गलत हो । जबसम्म तपाइँ बारम्बार गल्ती गर्नुहुन्न तबसम्म केही सिकिदैन ।
अग्रेजी भाषाले आत्मविश्वासमा कमी ल्याउन नदिनुहोस्ः विश्वमा अग्रेजी भाषाको वर्चस्व छ । अग्रेजी तथा अन्य भाषाको ज्ञान भएमा तपाइँको आतमविश्वास अझ धेरै बृद्धि हुन्छ ।
जुन चिजले तपाइँको आत्मविश्वास घटाउछ त्यो पटकपटक गर्नेः कोही मानिसलाई स्टेजको डर हुन्छ त कोहीलाई विपरित लिंगको अगाडी पर्दा नर्वस हुन्छ । यदि चुनौतीको सामना गर्दैहुनुहुन्छ भने डरलाई हटाउनुहोस् । जुुन विषयले धेरै नर्वस बनाउछ त्यसलाई नै बारम्बार गर्दा तपाइँको शक्ति बढाउछ ।
विशेष मौकामा विशेष तयारी गर्नेः जब कसैको अगाडी आफुलाई प्रमाणित गर्ने मौका आएमा त्यसको फाइदा उठाउनु पर्छ ।
दैनिक आफ्नो लक्ष्य याद गर्नेः यदि तपाइँ आफ्नो दैनिक महत्वपुर्ण कार्य गरेमा निश्चित रुपमा तपाइँको आत्मविश्वास केही दिनमा बढी सफलता छिट्टै प्राप्त गर्न सक्नुहुनेछ ।