Logo

कपिलवस्तु अस्पतालको आइसोलेसनमा राखिएका कोरोना आशंकितको मृत्यु



कपिलवस्तु, २४ चैत । कोरोना भाइरसको आशंकामा कपिलवस्तु अस्पतालको आईसुलेशनमा उपचाररत एकजना बिरामीको मृत्यु भएको छ ।

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका– २ जलैयाका ३० बर्षे हरिप्रसाद भर (नाम परिवर्तन) को मृत्यु भएको हो । सोमवार साँझ ८ बजे उनको मृत्यु भएको थियो । तर मृत्युको कारण के हो भन्ने पुष्टि भइसकेको छैन ।

मृतकको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेल जानकारी दिएका छन् ।

कारोना भाइरस संक्रमणको आशंकामा उनलाई चैत २२ गते आइसोलेसनमा राखिएको थियो । ज्वरो र खोकी आउने तथा छाती दुख्ने लक्षण देखिएपछि उनलाई उपचार सुरु गरिएको थियो । उनलाई गत शुक्रबार शिवराजनगरपालिको चन्द्रौटामा रहेको अस्पतालबाट रिफर गरी कपिलवस्तु अस्पताल पठाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्