Logo

इटलीमा भाइरसबाट मृत्यु हुनेको संख्या १९ हजार भन्दा बढी



एजेन्सी, २९ चैत । इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १९ हजार चार सय ६८ पुगेको छ । भाइरसको संक्रमणबाट एक लाख ५२ हजार दुई सय ७१ जना प्रभावित भएका छन् । त्यसैगरी इटलीमा ३२ हजार पाँच सय ३४ जना मानिसहरु भाइरसको उपचारपछि सकुसल घर फर्केका छन् ।

त्यस्तै,तीन हजार तीन सय ८१ जना मानिसको अवस्था गम्भिर रहेको छ । इटलीमा भाइरसबाट एकै दिनमा ६ सय १९ को मृत्यु भएको छ भने चार हजार ६ सय ९४ वटा भाइरसको नया केस दर्ता भएको छ । अमेरिका भने निकै प्रभावित भएको छ । इटाली कोरोना संक्रमण सुरु भए पश्चात सय चिकित्सकको निधन भएको छ । कोरोनाको संक्रमणले दोश्रो चरणको भयाबह स्थिति पैदा गर्न सक्ने चीनको अनुमान रहेको छ ।

विश्वभर भाइरस संक्रमणबाट १७ लाख ३२ हजार तीन सय तीन जना प्रभावित भएका छन् भने मृत्यु हुनेको संख्या एक लाख ६ हजार तीन सय ४७ पुगेको छ l Photo Source: The Straits Times



प्रतिक्रिया दिनुहोस्