Logo

‘लकडाउन’ उल्लङ्घन गर्ने १३ सय बढि प्रहरी नियन्त्रणमा



काठमाडौं, चैत ३० । कोरोना भाइरसको सम्भावित सक्रमण रोक्न सरकारले लगाइको लकडाउनको २० औ दिनमा उल्लङ्घन गर्ने १३ सय बढिलाई प्रहरीले नियन्त्रणमा लिएर होल्डमा राखेको छ ।

आइतबार ‘लकडाउन’को उल्लङ्घन गर्नेमाथी विशेष निगरानी बढाएको प्रहरीले काठमाण्डौ उपत्यकाबाट विहान ८ बजेसम्म १३ सय २० जनालाई प्रहरीले ’होल्ड’ गरेको जनाको छ। होल्डमा पर्नेमा तीन सय भन्दा बढि महिलासमेत रहेका छन् ।

अनमति नभएका सवारीलाई समेत नियन्त्रणमा लिदै आएको प्रहरीले आज एक सय ५० भन्दा बढि सवारीलाई समेत नियन्त्रणमा लिएको महानगरिय प्रहरी कार्यालयले जनाएको छ ।

लकडाउनका बेला अत्यावश्यक काम बाहेकका लागि घरबाहिर निस्कन नहुने भएकाले बाहिर निस्किएकाहरुलाई प्रहरीले कारबाहीस्वरुप तीन घण्टा सडकमै राखेर कोरोना विशेष जानकारी समेत दिदै आएको छ । आउँदो वैशाख ३ गतेसम्मका लागि सरकारले लकडाउन घोषणा गरेको हो। लकडाउनको विकल्प नभएकोले पूर्ण रुपमा पालना गर्न सरकारले आग्रह गर्दै आएको छ।



प्रतिक्रिया दिनुहोस्