३० चैत: कोरोना भाइरसले खाद्य वस्तु अभाव हुन्छ भनेर खाद्यन्न जम्मा गर्ने स्वभाव चीनीयाँ नागरिकमा धेरै पाइएको छ। करिब १० हजार मानिसहरुमा गत महिना ‘स्टाटीस्टा’ले गरेको एक अध्ययनमा यस्तो तथ्य फेला परेको हो।
कोरोनाबाट बच्न धेरै राज्यहरुले लकडाउनको घोषणा गरेसंगै आपूर्ति चेन संसारभरी बिग्रिएको छ। अनिश्चितकालिन बन्दको डरले विश्वभरका उपभोक्ताहरु आफ्ना लागि अत्यावश्यक वस्तुहरुको जोहो गरिरहेका छन्।
कोरोना फैलिएका १२ मुलुकका १० हजार मानिसलाई सहभागी गराइ ‘स्टाटीस्टा’ले महामारीको बेला कुन देशका मानिस धेरै खाद्यन्न जम्मा गर्ने चाहना राख्दछ? भन्ने अध्ययन गरेको थियो। अध्ययनमा चीन, भारत, भियातनाम, अमेरिका, क्यानडा, इटाली, जर्मनी, अष्ट्रेलिया, बेलायत, फ्रान्स, रसिया र जापानका नागरिकहरु सहभागी थिए।
गत मार्च २० मा सार्वजनिक भएको सो अध्ययनमा चिनियाँ नागरिकहरु सबैभन्दा धेरै खाद्यन्न मौज्दात गर्न चाहनेमा परे भने जापानी नागरिकहरु खाद्य वस्तु जम्मा पारेर राख्न नचाहनेमा देखिए। कुल ५० प्रतिशतमा उनीहरुको स्वभावलाई अध्ययन गर्दा चिनियाँहरु खाद्यन्न भण्डारण गर्न ४२ प्रतिशतसहित पहिलो नम्बरमा देखिए।
यस्तै, ३२ प्रतिशतसहित भारत दोस्रो, ३० प्रतिशतसहित भियातनाम तेस्रो, २८ प्रतिशतसहित अेमेरिका र क्यानडा चौथो स्थानमा रहेको पाईयो। इटालीका नागरिकहरु खाद्यन्न मौज्दात गर्न मध्यम खालको स्वभाव भएको अध्ययनमा देखिएको छ। उनीहरुको मौज्दात स्वभाव २४ प्रतिशत थियो।
जर्मनीको २१ प्रतिशत, अष्ट्रेलिया २१, बेलायत १८, फ्रान्स १४ र रसिया १२ र जापानीहरुमा त्यो स्वभाव सबैभन्दा कम, ६ प्रतिशत मात्रै पाईएको थियो।मेरोलागानी