Logo

बेलायती प्रधानमन्त्री जोनसन उपचारपछि ‘अस्पतालबाट फिर्ता’ : डाउनिङ स्ट्रिट



३० चैत : बेलायतका प्रधानमन्त्री बोरिस जोनसन उपचारपछि अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार फिर्ता भएका प्रधानमन्त्रीको कार्यालय (डाउनिङ स्ट्रिट) का प्रवक्ताले बताएका छन् ।

करिब दुई सात पहिले कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि जोनसनले सरकारी निवासमा नै एकान्तमा बसेर उपचार गराउनु भएको थियो । तर उहाँका चिकित्सकहरूको सल्लाहमा करिब एक साता पहिले उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । उनलाई तीन दिनसम्म सघन उपचार कक्षमा राखिएको थियो ।

प्रधानमन्त्री जोनसन अस्पतालबाट लण्डनबाहिर रहेको प्रधानमन्त्रीको सरकारी निवास ‘चेकर्स’ मा फर्केका छन् जहाँ उनले बाँकी केही दिन आराम गरी पूर्ण निको हुनेछन् ।”

“उनको उपचारमा सम्लग्न चिकित्सकको सल्लाहबमोजिम प्रधानमन्त्री जोनसन तत्काल (केही दिन) काममा फर्किनुहुने छैन ।”



प्रतिक्रिया दिनुहोस्