काठमाडौं,बैशाख १। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने समेत प्रधानमन्त्री ओलीले बताएका छन् ।
‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’ ओलीद्वारा जारी सन्देशमा उल्लेख छ ।