Logo

सरकारहरुले आफ्नो शक्ति बढाउन कोरोना महामारी फैलाएको : एडवार्ड स्नोडेन (भिडियोसहित)



एजेन्सी २ वैशाख : सरकारले आफ्नो शक्तिलाइ अझ सशक्त बनाउन कोरोनाको महामारी विश्वव्यापी रुपमा फैलाएको आरोप विकिलीक्स ह्याकर एडवार्ड स्नोडेनले लगाएका छन् । उनले उक्त विषयको आरोप अन्तर्राष्ट्रिय संचार माध्यम ‘भाइस’मा भर्चुअल प्रविधिबाट अन्तरवार्ता दिदै बताएका हुन् ।

कोरोना महामारीका कारण विश्व नै ठप्प भएको बेला सरकारहरुले संकटकालका बेला नयाँ कानुनको उदय गर्ने, नागरिकप्रति निगरानी बढाउने र नागरिकको अधिकारहरुलाइ निलम्बन गर्ने अन्तर्वार्तामार्फत जानकारी दिएका हुन् । कोरोना भाइरसले निम्त्याउने विश्व्यापी संकटद्वारा थुप्रै नयाँ शक्तिहरुको उदय हुने विषय समेत औल्याएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको महामारी पूर्वानुमान थियो, साथै उक्त विषयमा वैज्ञानिक र खुफिया एजेन्सीहरूले लामो समयदेखि खतराको घण्टी बजाइरहेका थिए। विशेष गरी मानवजातीलाई नै विचलित गर्ने खेल रहेको उनको तर्क छ । संसार अधिनायकवादको बाटोमा गैरहेको उनले जनाएका छन् । उनले भने, ‘जब अधिनायकवाद फैलिन्छ, आपतकालीन कानूनहरू विस्तार हुँदै जान्छ र नागरिकको अधिकारहरु गुम्दै जान्छ ।’

 



प्रतिक्रिया दिनुहोस्