काभ्रे, २ वैशाख । दुई युवकमा कोरोना भाइरसको संक्रमण देखिएपछि सतर्कता बढाइएको छ । द्रुत परीक्षण किटबाट स्वाब परीक्षण गर्दा संक्रमण देखिएपछि उनीहरुलाई धुलिखेल अस्पतालमा लगिएको छ ।
काभ्रेको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुमा कोरोना संक्रमण देखिएको हो । फर्किएका युवकमध्ये एकजना भारत र अर्का दुबईबाट आएका हुन् ।
बेथान्चोकका युवक २८ वर्षका हुन् । उनी ९ चैत्रमा भारतबाट फर्किएका थिए । मण्डन देउपुर नगरपालिका ३ नयाँ गाउँका युवक २३ वर्षका छन् । उनी ७ चैत्रमा दुबईबाट फर्किएका हुन् । उनलाई २२ क्वारेन्टाइनमा राखेर घर पठाइएको थियो ।
काभ्रेमा विभिन्न देशबाट पछिल्लो एक महिनामा फर्किएकाहरुको द्रुत गतिमा स्वाब परीक्षण गरिएको थियो ।