Logo

तीन दिनयता नयाँ कोरोना संक्रमित थपिएनन्, संक्रमित १५ जना अझै उपचाररत



काठमाडौं, ५ वैशाख । देशभित्र बितेको तीन दिन कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छैनन् । संक्रमितको संख्या १६ नै रहेकोमा १५ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक जना नीको भइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित नथपिएको बताए । पछिल्लो समय टेष्टको दायरा बनाइएको समेत बताए ।

उनले हाल संक्रमित संख्या १६ नै रहेको र एकजना उपचारपछि घर फर्किएको बताए । जसमध्ये ५ जना धनगढी, ४ जना वीरगञ्ज, दुई जना टेकु, दुई जना पाटन, दुईजना धौलागिरी अस्पतालमा उपचाररत रहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्