५ वैशाख । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शुक्रबारसम्म मृत्यु हुनेको संख्या एक लाख ४७ हजार तीन सय ७८ नाघेको छ ।
विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।
अमेरिकामा ६ लाख ७८ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने ३४ हजार ५०० भन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार १७४ जनाको मृत्यु भएको थियो ।
दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २२ हजार भन्दाबढीको ज्यान गएको छ, भने संक्रमितको एक लाख ६८ हजार ५०० नाघेको छ । स्पेनमा भने १९ हजार भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ८४ हजार ५०० नाघेको छ ।
कोरोना संक्रमणको पछिल्लो विवरण