Logo

नेपालभित्र कुल संक्रमितमध्ये आधा भारतीय नागरिक



काठमाडौं, ५ चैत्र । नेपालमा कोरोना भाइरसका संक्रमित संख्या ३० पुगेको छ । रोचक पक्ष यो छ कि संक्रमितमध्ये आधा अर्थात् १५ जना भारतीय नागरिक हुन् । उनीहरु सबै मस्जिदमा भेटिएका हुन् ।

संक्रमितमध्ये आज एकै दिन १२ जना भारतीय नागरिक उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा भेटिएका हुन् । उनीहरुको स्वाब परीक्षणबाट संक्रमण पत्ता लागेको थियो । उनीहरु ४ नेपाल मुस्लिम धर्मगुरुसँगै थिए । १२ जना कुन मितिमा नेपाल प्रवेश गरे भन्नेबारे स्पष्ट नभएपनि फागुनको शुरुमा प्रवेश गरेको दाबी गरिएको छ । यसमा आशंका पैदा भएको छ ।

यसैगरी, वीरगञ्जमा पत्ता लागेका ३ जना पनि भारतीय नागरिक नै हुन् । उनीहरु वीरगञ्जस्थित छपकैयाको मस्जिदमा भेटिएका थिए । उनीहरु पनि नेपाल प्रवेश गरेको मितिबारे आशंका बढेको छ ।

नेपालमा हालसम्म पत्ता लागेका कोरोना संक्रमितमध्ये आधा भारतीय नागरिक हुनु र उनीहरु सबै मुस्लिम समुदायका हुनुले सरकारलाई गम्भीर बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्