एजेन्सी, ६ वैशाख । आफ्ना महत्वपूर्ण सहयोगीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएपछि नाइजेरियाली राष्ट्रपति मुहम्मदु बुहारी तनावमा परेका छन् । उनका निकट सहयोग अब्बा कयारीको शुक्रबार मृत्यु भएको हो ।
७० वर्ष कटेका कयारीको कोभिड १९ ले मृत्यु भएको थियो । मधुमेहका रोगी समेत रहेका कयारीको निधनपछि बुहारी तनावमा परेका हुन् । उनलाई पनि संक्रमणको खतरा बढेको छ ।
कयारी बुहारीको लामो समययताका मुख्य सहयोगी हुन् । उनी गत महिना युरोप र इजिप्ट पुगेर फर्किएको खुलेको छ ।-Photo Source: AFP