Logo

३१ जना कोरोना संक्रमितमध्ये ३ रोगमुक्त, २८ उपचाररत



काठमाडौं, ६ वैशाख । आज एकैदिन २ जना कोरोना भाइरसका संक्रमित रोगमुक्त भई घर गएका छन् । उनीहरुमध्ये बाग्लुङकी ६५ वर्षीया वृद्धा १७ दिन र १९ वर्षीया किशोरी २७ दिनको उपचारपछि घर फर्किएका हुन् ।

किशोरी प्रशिद्धा श्रेष्ठ टेकुबाट र वृद्धा धवलागिरी अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका हुन् । दुवैजना ४ चैत्रमा कतार एयरवेजबाट काठमाडौं उडान भरेको विमानका यात्रु हुन् । उनीहरु युरोपबाट कतार हुँदै काठमाडौं आइपुगेका थिए । किशोरी १० चैत्रमा र वृद्धा २० चैत्रमा अस्पताल भर्ना भएका थिए । पहिलो संक्रमित चीनबाट फर्केका विद्यार्थी दुई महिना अघि नै स्वस्थ भइसकेका छन् ।

यसैगरी, आज थप एकजनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । उनी ६५ वर्षीय पुरुष हुन् र कोशी अस्पतालमा उपचाररत रहेका छन् ।

यसअघि हिजो एकै दिन १४ जनामा कोरोना संक्रमित भेटिएका थिए । अहिले २८ जना उपचाररत छन् । सबैभन्दा बढी कोशी अस्पतालमा छन् । त्यहाँ १५ जना उपचाररत छन् । ५ जना धनगढीस्थित सेती अस्पतालमा उपचाररत छन् ।



प्रतिक्रिया दिनुहोस्