Logo

प्रचण्डलाई ईश्वर पोखरेलको कडा जवाफ, किन चाहियो उच्चस्तरीय संयन्त्र ? (भिडियोसहित)



काठमाडौं, ७ बैशाख । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध सरकारले सफलता हाँसिल गरेरै छाड्ने स्पष्ट पारेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले प्रभावकारी कदम चालिरहेको पनि उनले विश्वास दिलाए । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले लकडाउन भनेको लकडाउन भएकोले यो कडाईका साथ कार्यान्वयन गराउने स्पष्ट पारे ।

उनले आफूहरुले गत चैत्र ९ गतेको मन्त्रिपरिषद बैठकमा चैत्र ११ गतेबाट लकडाउन लगाउने निर्णय गरिएको सुनाउँदै एक ठाउँबाट अर्को ठाउँ जान चाहनेहरुको लागि दुई दिन ग्याप राखेको पनि स्मरण गराए । उनले कोरोनाविरुद्धको लडाई जितिने विश्वास पनि दिलाए । अहिले कुनै उच्चस्तरीय राजनीतिक संयन्त्रसमेत आवश्यक नरहेको उनको जिकिर छ । उनले भने,”यतिवेला यो काम गर्ने भनेको जनताका निर्वाचित जनप्रतिनिधिहरुको अगुवाईमा हुने हो । त्यो भनेको संघीय सरकार छ । प्रदेश सरकार छ । स्थानीय सरकारहरु छन् । ती जनताबाट निर्वाचित र संविधानसम्मत ढंगबाट निर्वाचित संस्था हुन् । जहाँसम्म केन्द्रीय सरकार छ । म नै उच्चस्तरीय समन्वय समितिको संयोजक भएपछि संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरु, ती दलका नेताहरुलाई निमन्त्रणा गरेर उहाँहरुसित बृहद छलफल गरियो । उहाँहरुले सुझाव दिनुभयो । हामीले ती महत्वपूर्ण सुझावहरु लियौं ।”

सबैको सल्लाह, सुझाव र साझा संकल्पका आधारमा कोरोनाविरुद्धको लडाईमा आफूहरु अघि बढिरहेको उनको भनाई छ । उनले अघि थपे,”अब हामीले यतिवेला डु टु डे एक्ज्युकेटिभ हिसाबले काम गर्नुपर्ने छ । सबैका सुझाव हामीले लिएका छौं । निजी क्षेत्रका, निजी उद्यमी तथा व्यवसायीहरुका सुझावहरु लिएका छौं । अब गर्नुपर्ने के ? अनि संयन्त्रले गर्छ के ? सुझाव त हामी बेला बेलामा लिईरहेकै छौं ।”

कोरोनाको उपचारमा चाहिने आवश्यक स्वास्थ्य सामग्रीको जोरजामपनि सरकारले गरिरहेको उनको भनाई छ । उनले चीनसँग सरकारले जिटुजीमार्फत सामग्री ल्याउन लागेको बताए । कोरोनाको उपचारमा चाहिने आवश्यक स्वास्थ्य सामग्रीको जोरजामपनि सरकारले गरिरहेको उनको भनाई छ । उनले चीनसँग सरकारले जिटुजीमार्फत सामग्री ल्याउन लागेको बताए । लकडाउनका कारण अप्ठ्यारोमा परेका जनताको पनि सरकारले उचित व्यवस्था गर्ने पनि उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्