Logo

ऊर्जामन्त्री पुनद्वारा अलपत्र परेका ४ सय मजदुरको उद्दार, ९ वटा बसमा घर गए मजदुर



काठमाडौैँ, ७ वैशाख। ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले लामो लकडाउनका कारण उपत्यकाका भक्तपुर र ललितपुरमा अलपत्र परेका ४ सय मजदुरलाई उद्दार गरी घर पठाएका छन् । काभ्रेका विभिन्न स्थानबाट हिँडेर आएका ठूलो संख्याका मजदुरलाई सुरक्षाकर्मीले भक्तपुरको शंखरापुर नगरपालिकामा रोकिएको खबर पाएसँगै मन्त्री पुन आफैं त्यहाँ पुगेको उनको सचिवालयले जनाएको छ ।

काभ्रेका विभिन्न स्थानबाट पैदल हिंडेर राजधानी बाहिर जान आएका ३ सय मजदुरलाई सुरक्षाकर्मीले रोकेका थिए । मन्त्री पुनले आइतबार साँझ पानी परिरहेका बेला रुझेरै मजदुरहरुलाई बिदाई गरे । लकडाउनले अलपत्र परेकाहरुलाई ९ वटा बसमा राखेर सम्बन्धित जिल्ला पठाइएको हो । त्यसरी पठाईएकामा रोल्पा, दाङ र सल्यानका मजदुर छन् ।

काभ्रेबाट आएकालाई ६ वटा बसमा, भक्तपुरका विभिन्न इँटाभट्टामा कार्यरत मजदुरलाई दुईवटा र ललितपुरमा रहेकालाई एउटा बसमा राखेर घर पठाइएको हो । लामो लकडाउनका कारण रोजगारी गुमाउनु परेको र छाक टार्र्नै समस्या हुने गरेको भन्दै मजदुरहरु हिँडेर घर जान लागेका थिए । मन्त्री पुनले घर जान हिंडेर बीच बाटोमा अलपत्र परेकालाई गन्तव्यमा पु¥याउने सरकारको नीति र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मजदुरहरुको उद्दार गरिएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्