काठमाडौं, ८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन कुमार थापाले अहिलेको क्षणमा अध्यादेशहरु जारी गर्नुसंविधानको मर्म विपरितको कदम भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले प्रधानमन्त्री ओलीको ट्विटर ह्याण्डललाई मेन्शन गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारले आज ल्याएको अध्यादेशको विरोध गरेका छन् ।
उनले भनेका छन्,.”@PM_Nepal महासंकटको यो क्षणमा यी अध्यादेशहरू जारी गर्ने तपाईँको उद्देश्य र नियत समयले थप प्रस्ट्याउने नै छ।संविधानको मर्म विपरीतका यी कदमको सामना गर्छौ नै।संकटको यो घडीमा तपाईँको यस्तो प्राथमिकताले यो भने प्रस्ट बनायो कि सरकार चलाउने वैधानिकता तपाईँसँग रहला,वैधता भने अब रहँदैन।” FILE PHOTO/REPORTERSNEPAL.COM