Logo

थोरै समयमा धेरै काम कसरी गर्ने



यो दुनियाँमा सफल र असफल सबै व्यक्तिहरु छन् ती सबैसँग चौबिसै घण्टा हुन्छ र यहाँ तपाइँमाथी निर्भर गर्छ उसलाई कसरी खर्च गर्ने भन्नेमा । थोरैलाई थाहा हुन्छ कि आफुसँग २४ घण्टा धेरै लामो समय छ अरुलाई लाग्छ कि समय नै थोरै छ ।

सुत्रहरु

  • राती नै दिनभर गर्नुपर्ने कामको सुची बनाउनेः अघिल्लो दिनमा नै कामको तालिका बनाउने, महत्वपुर्ण कामलाई पहिला लेख्ने
  • बिहान छिटो उठ्नेः जब बिहान छिटो उठ्छौ भने हामीसँग धेरै समय हुन्छ र धेरै समयको प्रयोग गर्न सक्छौ । व्यायाम गर्ने, योजना बनाउने, नयाँ काम सिक्ने गर्नुपर्छ ।
  • समय बर्बाद हुनबाट बचाउनु पर्छः छिटो सकिनुपर्ने काममा धेरै ढिलाई गर्नु समय बर्बाद गर्नु हो । यसैले समयको महत्व बुझेर आफ्नो कार्य अघि बढाऔ ।
  • वाइफाई वा डाटा बन्द राख्नेः तपाइँल जरुरी काम गर्दै हुनुहुन्छ भने इन्टरनेट केही समयको लागि बन्द गर्नुपर्ने हुन्छ । मोवाइलमा आइराख्ने नोटिफिकेशनले तपाइँको ध्यान खिच्ने हुँदा काममा समय नष्ट हुन्छ ।
  • काममा बिश्राम लिनु आवश्यकः कामको क्रममा आँखा बन्द गरेर बसेमा शरीर र दिमागमा आराम मिल्छ र फेरी काम गर्ने जोश बढ्छ ।


प्रतिक्रिया दिनुहोस्