एजेन्सी, १० वैशाख । कोरोना भाइरसको अहिलेको महामारीलाई पहिलो चरण भनिएको छ । अहिले नै २५ लाखभन्दा बढी संक्रमित भएर १ लाख ७७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । तर, योभन्दा भयावह अवस्था फेरि आउने वैज्ञानिकहरुले बताएका छन् ।
हिउँद महिनामा अझ बढी मानिसको कोरोना महामारीबाट मृत्यु हुने वासिङटन पोष्टसँगको अन्तवार्तामा अमेरिकी उच्च स्वास्थ्य अधिकारीले बाएका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक रोबर्ट रेडफिल्डले हिउँदमा स्वास्थ्य संगठन अझ बढ्नसक्ने बताएका हुन् । मंगलबार प्रकाशित अन्तवार्तामा उनले अवस्था निर्क चुनौतीपूर्ण हुनेमा सचेत गराएका छन् ।
उनले भने, हामी फलु महामारी र कोरोना भाइरसको महामारीको एकैसाथ सामना गर्नेछौं । कोरोनाको भ्याक्सिन र औषधी अझै पत्ता नलागेको अवस्थामा यो डरलाग्दो हुने उनको भनाई छ । अमेरिकामा गत वर्ष फलुबाट ३ करोड ५० लाख मानिस विरामी परेकोमा ३४ हजारको मृत्यु भएको तथ्यांक छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीका बाबजुद अमेरिकी राज्यहरुमा लकडाउन खोल्न दबाब दिइरहँदा वरिष्ठ स्वास्थ्य अधिकारीको भनाई आएको हो ।