Logo

यो सरकार त दल फुटाउने काममा लागेको रहेछ, अध्यादेश खारेज हुनुपर्छ : रमण श्रेष्ठ (भिडियोसहित)



काठमाडौं, १० बैशाख । बरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठले अहिले सरकारले ल्याएको अध्यादेश संविधानलाई दुरुपयोग गरेर ल्याईएको गम्भिर आरोप लगाएका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने,”यही अध्यादेश ल्याउनुपर्ने थियो भने कोरोना सकिएपछि ल्याएको भए हुन्थ्यो नि । कि एकदलीय प्रणालीमा जानुपर्यो । हिजो सचिवालय बैठक हेर्दा त यो सरकार दल फुटाउन लागेको रैछ । अहिले दललाई फुटाउनतिर लाग्ने हो ? कोरोनाविरुद्ध लड्ने कि दल फुटाउनतिर लाग्ने ?”

अधिवक्ता श्रेष्ठले अहिले दल विभाजनसम्बन्धी अध्यादेश के को लागि आवश्यक हो ? भन्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्टि गर्न सक्नुपर्ने तर्क गरे । उनले भने, “मैले सरकारका धेरै मन्त्रीहरुको कुरा सुनें । तर, उहाँहरुले केही पुष्टि गर्नुभएको छैन् । अर्काको दललाई फुटाउन हो, आफ्नो दललाई होईन भनेजस्तो कुरा आयो ।” उनले नेपालमा सामान्य अवस्थामा संसद विघटन गर्ने व्यवस्था नभएको पनि सुनाए ।

उनले भने,”मैले संविधान हेरें । दल फुटाएपछि कहीँ म सुरक्षित हुन्छ भन्ने उद्देश्यले यो कुरा आएको होईन् ? नेकपाभित्र त प्रचण्डले पुरै पाँच वर्ष नै प्रधानमन्त्री ओलीलाई चलाउन दिने सहमति गरेको स्थिति हो । त्यसैले सरकार नै परीवर्तन गर्नेबारे छलफल चलेको थियो भन्ने मलाई लाग्दैन् ।” प्रधानमन्त्री ओलीले अलिकति अप्ठ्यारो पर्दा मलाई केही थाहा छैन् भनेर पन्छिने गरेको सुनाउँदै श्रेष्ठले तर, डिफेन्स गर्न भने नछोडेको तर्क गरे ।



प्रतिक्रिया दिनुहोस्