१० वैशाख : दुई जना नर्सको पीसीआर परीक्षणको कोरोना नेगेटिभ देखिएको छ । आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएका उनीहरूमा पीसीआर परीक्षण गर्दा कोरोना नभएको पुष्टि भएको हो ।
केन्द्रीय कारागारका कैदीहरुको स्वास्थ्य परीक्षणमा खटिएका दुई नर्सहरुलाई मंगलबार आरडीटी विधिबाट गरिएको कोरोना पोजेटिभ देखिएको थियो ।
पोजिटिभ देखिएका दुबैजनालाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन राखिएको थियो ।
बुधबार नै स्वाब संकलन गरी पीसीआर बाट गरिएको परीक्षणको रिपोर्ट नेगेभिभ देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताले जनाएको छ ।
हस्पिटलले दुवैजनालाई डिस्चार्ज गर्ने तयारी गरिएको स्रोतले जनाएको छ । मेरोलागानी