Logo

भारतकी राष्ट्रपति पत्नी सविता कोविन्द धमाधम मास्क सिउँदै



एजेन्सी, ११ वैशाख । भारतका राष्ट्रपति रामनाथ कोविन्दकी पत्नी सविता कोविन्द मास्क सिउन थालेकी छिन् । उनले मुखमा लगाउने मास्क सिइरहेको तस्बिर समेत सार्वजनिक भएको छ ।

भारतीय समाचार एजेन्सी एएनआइका अनुसार प्रथम महिला सविता कोविन्दले राष्ट्रपति भवनको शक्ति हाटमा मास्क सिइरहेकी छिन् । कोभिड-१९ विरुद्धको लडाईंमा प्रयोग हुने मास्क तयार गरेपछि दिल्लीको आश्रमहरुमा वितरण गरिनेछ ।

मास्क बनाइरहँदा कोविन्दले आफै पनि रातो मास्क लगाएकी छिन् । मास्क सिएर कविताले सबैले आ आफ्नो स्थानबाट कोभिड-१९ विरुद्धको लडाईंमा एकजुट हुने सन्देश दिएको जनाइएको छ ।-Photo Source: ANI



प्रतिक्रिया दिनुहोस्