११ वैशाख : पूर्व आइजीपी सर्बेन्द्र खनाललाईको नाम राजनीतिक अपहरण काण्डमा जोडिएको छ । समाजवादी पार्टीका प्रचार बिभाग प्रमुख समेत रहेका बिश्वदीप पाण्डेले समाजवादी पार्टीका नेता डा सुरेन्द्र यादवको अपहरणमा खनालको नाम जोडेका छन् ।
यादवलाई उनको निजी निवासबाट काठमाण्डौ ल्याउने क्रममा साँसद महेश बस्नेतसँगै खनाल पनि रहेको पाण्डेले आरोप लगाएका छन् । यहाँ महेश बस्नेत यादवलाई लिन जानुमा अनौठो छैन किनभने उनी प्रधानमन्त्रीका बफादार कार्यकर्ता हुन । प्रधानमन्त्री ओलीले समाजवादी पार्टी फुटाउनै कै लागि बेमौसममा दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि नूनको सोझो गर्नु बस्नेतको बाध्यता पनि हो । बाध्यता किन पनि हो भने उनी ओलीप्रति पूर्ण बफादार भएर पनि यो पूर्ण बहुमतको सरकारमा मन्त्री बन्न पाएका छैनन् । उनलाई एक पटक फेरि प्रधानमन्त्रीको मन जित्नु छ । वास्तवमा प्रधानमन्त्री ओलीले बस्नेतलाई उनको व्यक्तित्वलाई सुहाउने काम दिएका हुन । किनभने उनीबाट पार्टीले गर्ने अपेक्षा पनि त्यस्तै कामको लागि हो । यो मामिलामा ओलीले प्रखर दिमाग लगाएकै हुन ।
अब रह्यो सर्बेन्द्र खनाल त्यो काण्डमा किन मुछिए । हुन त खनालले औपचारिक कुरा अहिलेसम्म बताएका छैनन । यदि डा यादवलाई लिन गएकै हुन भने उनी केही नबोल्लान । गएका थिएनन् भने केही बोल्लान । यदि उनी डा. यादवलाइ जवरजस्ती काठमाण्डाै लिन गए भने त्यसको पछाडि कारण छन् । त्यो कारण भनेकै राजनीतिक पद पाउने उत्कट महत्वकाँक्षा ।
उनलाई राम्ररी के थाह छ भने कुनै पार्टीको दास बन्यो भने आइजीपी भइसकेको मान्छेलाई राजनीति गर्न ढोका राम्ररी खुल्ला हुन्छ । राम्रो नजीर भनेकाे नवराज सिलवाल हुन, जसलाई आइजीपी हुन तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले रोकेपछि उनी तत्कालीन एमालेमा खुलेर लागेका थिए । नभन्दै पछि साँसदको टिकट पाएर जिते पनि । खनालमा पनि यही फिलोसपीले काम गरेको हुनुपर्छ । नत्र त्यति राम्रा प्रहरी अधिकृत आइजीपी बनेपछि ध्वस्त हुनु पर्ने अरू कुनै कारण छैन । पुरै कार्यकाल सरकारको छायाँको रूपमा उनी रहनु भनेकै लोभ र लालचले नै हो । मनमा आउने यस्तै लोभ लालचले मानिसलाई कति सम्म गिराउन सक्छ भन्ने उदाहरण (यदि सर्बेन्द्र खनाल यस प्रकरणमा मुछिएका हुन भने) यही घटनाले देखाउँछ ।
यसैवीच समाजवादी पार्टी र राजपावीच एकीकरण भएपछि समाजवादीका केही साँसद नयाँ पार्टी खाेल्न अग्रसर भएका छन् । रेणु यादवकाे नेतृत्वमा नयाँ पार्टी खाेल्न सरकारले जाेडताेडले सहयाेग गरेकाे समाजवादी पार्टीकाे अाराेप छ । यस्कै लागि अध्यादेश ल्याइएकाे उसकाे ठहर छ । डा. सुरेन्द्र यादव रेणु पक्षमा अाए दल फुटाउन पुग्ने संख्या भएकाले सरकारले उनलाइ तराइ घरबाट अपहरण शैलीमा ल्याएकाे उसकाे अाराेप छ ।मेरोलागानीबाट