Logo

अध्यादेश खारेजसँगै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता



काठमाडौं, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

सरकारले आजमात्रै यसअघि ल्याएका दुई अध्यादेश फिर्ता लिएको थियो । कांग्रेस सभापति देउवाले अध्यादेश आउनेबित्तिकै कडा निन्दा गरेका थिए । तर, आजमात्रै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी छन् । सरकारले यही वैशाख ८ गते राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । तस्विर : प्रधानमन्त्री ओलीको सचिवालय



प्रतिक्रिया दिनुहोस्