जनकपुर १२ वैशाख : प्रादेशिक अस्पताल जनकपुरमा पीसीआर नमुना परीक्षण नहुने भएको छ। पीसीआरको रिपोर्टमा शंका उत्पन्न भएपछि तत्कालको लागि प्रादेशिक अस्पताल जनकपुरमा पीसीआर नमुना परीक्षण नहुने भएको हो।
यसअघि गरिएको कोरोना परीक्षणका क्रममा नेगेटिभ देखिएको रिपार्ट पछि काठमाडौंमा पुन: परीक्षण गराउँदा पोजेटिभ देखिएको थियो।
सर्लाहीको धनकौलका किशोर गत वैशाख ५ गते प्रादेशिक अस्पताल जनकपुरधाममा पीसीआर टेस्ट गराउँदा नेगेटिभ रिपोर्ट आएको थियो। त्यसपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो। तर बिहिबार पुन जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ रिपोर्ट आएको थियो।
जनकपुरमा गत चैत २१ गतेदेखि पीसीआर मेसिन स्थापना भई परीक्षण शुरु भएको थियो। हालसम्म गरिएको सबै परीक्षणको रिपोर्ट नेगेटिभ आएको हस्पिटलले जनाएको छ।मेरोलागानी File Photo