Logo

सांसद यादवले रुँदै भने : “जुन किसिमले मलाई ल्याईयो, मलाई कस्तो मनस्थिति छ–यो भन्दा राम्रो मलाई सुट गरिदिए हुन्थ्यो” (भिडियोसहित)



काठमाडौं, १३ बैशाख । समाजवादी पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवले आफूलाई जसरी काठमाडौं ल्याईयो त्योभन्दा राम्रो त सुट गरिदिएको भए हुन्थ्यो भन्ने गुनासो गरेका छन् । यादवले भने,”यस्तो कोभिड-१९ को महामारीको बेलामा पार्टी फुटाउने चलखेल प्रधानमन्त्रीलाई अलिकति पनि सुहाउँछ ? यो देशको गरिमा राख्ने कुरा भयो त ? एकातिर कोभिड १९ सँग फाईट गर्ने, अर्कातिर पार्टी फुटाउनको लागि यस्तो अध्यादेश ल्याउने ? उहाँले त नैतिक रुपमा राजीनामा गर्नुपर्ने हो । बरु, आफ्नो कुनै साथीलाई अहिले दिनुपर्ने हो । यस्तो पनि यो घृणित कामचाहीँ त्यहाँबाट हुन्छ भने हामीबाट र अरुबाट तपाई के आशा गर्न सक्नुहुन्छ ?”

प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा सांसद डाक्टर यादवले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुमत छ भन्दैमा मनपरी गर्न मिल्छ त ? भनेर पनि प्रश्न गरेका छन् । उनले रुँदै भने,”कि विधिको शासन ल्याउने हो ? जुन किसिमले मलाई ल्यायो, मलाई कस्तो मनस्थिति छ–यो भन्दा राम्रो मलाई सुट गरिदिए हुन्थ्यो । मलाई थाहा छ नि, म यहाँ कसरी आईपुगेको छु ।” धमलाले कसरी आईपुग्नुभयो त यहाँ भनेर सोध्दा यादवले आँशु झार्दै भने,”म यहाँ न मरे, न जिएँ जसरी आईपुगेको छु ।”

हेरौं पूरा भिडियो:



प्रतिक्रिया दिनुहोस्