काठमाडौं, १४ वैशाख । वीरगञ्जका दुई पुरुषमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दुवै पुरुष ५० वर्षका छन् ।
आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणको नतिजा अनुसार दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । दुवैजना आइसोलेशनमा अस्पतालमा भएको मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १२ जना निको भई डिस्चार्ज भएका छन् ।