वैशाख १४, काठमाण्डौ । नेपालमा हालसम्म कूल कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । पछिल्लो पटक झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।
आइतबार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
आजै वीरगञ्ज महानगरपालिका छपकैयाँका थप दुईजना कोरोना संक्रमित भेटिएका थिए । यसैबीच थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आइतबार निको भएर घर फर्किएका हुन् ।
डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक रहेका छन् । अहिलेसम्म १६ जना उपचारपछि निको भएका छन् भने ३४ जनाको उपचार भइरहेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
नेपालमा अहिलेसम्म कूल ५१ हजार ३ सय ६७ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा २ हजार ९६ वटा परीक्षण भएको छ । हालसम्म ९ हजार ९ सय ३१ जनाको पिसीआर परीक्षण र ४१ हजार ४ सय ३६ जनाको ¥यापिड टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
पछिल्ला दिनमा प्रदेश सरकारमार्फत आरडटी अर्थात ¥यापिड टेस्ट परीक्षण भइरहेको छ । सबै जिल्लामा यो परीक्षण भइरहेको छ । अहिलेसम्म प्रदेश एकमा ४३०८, प्रदेश दुईमा ५१४१, बागमति प्रदेशमा ७५९१, गण्डकी प्रदेशमा ४९२४, प्रदेश पाँचमा ३३२६, सुदूरपश्चिम प्रदेशमा ११,१७२ र कर्णाली प्रदेशमा ४९७४ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ । मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा १७ हजार २५ व्यक्ति छन् । आइसोलेसनमा १ सय १० जना सम्भावित संक्रमित रहेका छन् ।
नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको दुई वटा कल सेन्टरहरु (११३३ र १११५) मा पछिल्लो २४ घण्टामा २ हजार ७१ वटा कलको सम्बोधन भएको छ । हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म २६ हजार ८ सय १० रहेको छ ।
तिमध्ये २ सय ९६ जना रेड जोन अर्थात सम्भावित संक्रमित मानिएको छ । आइसोलेसनमा रहेका १ सय १० जनासहित कूल ४ सय ६ जना सम्भावित कोरोना संक्रमित रहेका छन् ।