काठमाडौं, १४ बैशाख । बरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्ण बहादुर कार्की र नेकपाका नेता वचन सिंहबीच भनाभनी भएको छ । प्राईम टाईम्स टेलिजिनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेकपा नेता सिंहले आजको दिनमा आफ्नो पार्टीभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउँछु भन्ने हिम्मत कसैसँग नभएको पनि बताएका हुन् । तर, बरिष्ठ अधिवक्ता कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता ल्याएके दिनबाट कुर्सीमा बस्ने नैतिकता समाप्त भएकोले पदबाट राजीनामा मागेका थिए ।