बैतडी, बैशाख १५ । सीमामा खटाइएका सशस्त्र प्रहरी बालुवामा त्रिपाल टाँगेर बसेका छन् । सुरक्षाको लागि खटाइएका सशस्त्र प्रहरी नदी किनारमा बालुवामा टेन्ट राखेर बस्न बाध्य भएका हुन् ।
लकडाउनका कारण भारतीय सीमामा रोकिएका नेपाली महाकाली नदीमा ट्युबमार्फत फर्कन क्रम नरोकिएपछि बैतडीका विभिन्न घाटमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । तर सीमामा रहेका सशस्त्र प्रहरीले विभिन्न समस्या भोग्दै आएका छन् । कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सीमा नाकामा सशस्त्र प्रहरीले विभिन्न कठिनाइ भोग्न थालेका हुन् ।
जिल्लाका ६ ठाउँमा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले बताएको नागरिक दैनिकमा खवर छ ।रासस