Logo

राजीनामाछिको पहिलो अन्तर्वार्तामा गोकुल बाँस्कोटाले भने : नेकपाले अहिलेको जनमत केपी ओलीको कारणले ल्याएको हो (भिडियोसहित)



काठमाडौं, १५ बैशाख । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफू मन्त्रीबाट हटेपछि प्रधानमन्त्री केपी शर्मा ओली कमजोर नभएको दाबी गरेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पत्रकार धमलाले सुरुमै तपाईले मन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली कमजोर हुँदै जानुभयो नि ? भनेर प्रश्न सोधेका थिए ।

उक्त प्रश्नको जवाफ दिँदै बाँस्कोटाले भने,”म तपाईले भनेको कुरा अस्विकार गर्छु । यो सबैले बुझ्नुपर्छ २०७४ सालमा भएको चुनाव, त्यो चुनावको जनादेश अरुको नाममा आएको थिएन् । त्यो केपी शर्मा ओलीको अपिलमा आएको थियो । यो चाहीँ हो कि त्यतिवेला तत्कालिन् नेकपा एमालेको सुदृढ संगठन, सुस्पष्ट दृष्टिकोण, सबै आन्दोलनमा पुर्याएको योगदान र विकास निर्माण सामाजिक रुपान्तरणको सन्दर्भमा खेलेका योगदानहरुको पनि र स्वभाविक रुपमा त्यसलाई नेतृत्व दिने काम उहाँले गर्नुभएको थियो ।”

उनले अहिले केपी ओली कमजोरन भएर झन बलियो, सुदृढ र बलशाली भएको दाबी गरे । बाँस्कोटाले भने,”उहाँ बलियो बन्नुभएको छ । उहाँसँगै नेकपा पनि बलियो बनेको छ ।” नेपाली समाजको चरित्र नै बहुदलीय प्रतिष्पर्धाजस्तो भएकोले यसको प्रभाव दलमा पनि पर्ने उनको भनाई छ । उनले आफ्नो पार्टी अल्पमत र बहुमतको सिद्धान्तले बनेको पार्टी नभएको पनि जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्