Logo

केपी ओलीको विकल्प खोजिए दुर्घटना हुन्छ : दिनानाथ शर्मा



काठमाडौं, १५ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजिए दुर्घट्ना हुने बताएका छन् । सोमबार नेपाली रेडियो नेटवर्कबाट प्रशारित नेपाली बहस कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता शर्माले यस्तो बताएका हुन् । शर्माले हिजोमात्रै प्रधानमन्त्री ओलीसँग बालुवाटार पुगेर भेटवार्ता गरेका थिए । यद्धपी व्यस्त तालिका र प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण राम्रोसँग कुराकानी हुन नपाएको उनले गुनासो पोखे । त्यस्तै, आफूले देशको समसामयिक राजनीतिक स्थिति बुझ्नको लागि अर्का अध्यक्ष पुष्पकमल दाहालसँगपनि भेट्न खोजेको र त्यसको लागि समय मागेको सुनाए ।

पार्टीले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजेको छ कि छैन् ? भनेर पत्रकार धमलाले राखेको कडा प्रश्नमा शर्माले भने,”अहिले तत्काल, अब पार्टीभित्र छलफल हुँदैछ यसबारेमा । उहाँको चाहिने विकल्प खोज्नुहुन्छ भन्ने पक्षमा म छैन् । पार्टीभित्रका समस्याहरु, सरकारभित्रका समस्याहरुलाई बसेर पार्टीमा छलफल गरेर समाधान गरेर लिएर जानुपर्छ । महत्वपूर्ण कुरा के हो भने पार्टी एकता हो । पार्टी एकतामा तलमाथि हुने कुरा कसैले पनि गर्नुहुन्न । कहीँबाट पनि त्यस्तो किसिमको अवस्था रहनुहुँदैन् ।”

उनले अहिले विकल्प र अविकल्प भन्ने प्रस्ताव नहुने पनि सुनाए । शर्माले थपे, तर, चाहीँ अहिले सम्हालेर र सम्हालिएर जानुपर्छ । हाम्रो लडाई, आन्तरिक लडाई र पार्टीभित्रको लडाईँ, दलदलहरुका बीचका लडाई भन्दापनि सम्पूर्ण दलहरु मिलेर, सम्पूर्ण जनता मिलेर कोरोनाविरुद्ध लडाई लड्नुपर्ने, गरिबीका विरुद्ध लडाई लड्नुपर्ने, अब अर्थतन्त्र धरायशी हुन गैरहेको छ । र, कसरी अर्थतन्त्रलाई सुधार गर्ने भनेर केन्द्रित भएर अगाडि बढ्नुपर्ने बेला हो । त्यसकारणले सबै राजनीतिक दलहरु, दलभित्रका गुटहरु, तिनका सोचहरु, स्वार्थहरु, सबैलाई छोडेर देश र जनताको हितमा काम गर्ने बेला हो ।



प्रतिक्रिया दिनुहोस्