डेंगु ज्वरो डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेको कारण लाग्ने रोग हो । यो दुनियामा उष्णकटिबन्धिय क्षेत्रमा धेरै प्रचलित छ । डेंगु ज्वरो एक दर्दनाक, अक्षम वा असमर्थ गर्नै खालको रोग हो, जसमा दुखाइको गम्भिरता हड्डि फुट्ने सामान्य हुन्छ । यसैले यसलाई ‘ब्रेकबोन’ ज्वरो भनिन्छ ।
डेंगु ज्वरोले हरेक वर्ष करीब ४० करोड मानिसहरुलाई प्रभावित गर्दछ र यसले विश्वको लगभग ४० प्रतिशत आबादी संक्रमणको खतरामा पार्छ, यसैले यस एन्टोबायोटिक औषधिले ठिक गर्न सक्दैन ।
वर्षादको मौसममा यो रोग धेरै सामान्य मानिन्छ । डेंगुले कसैलाई पनि प्रभावित पार्न सक्छ, चाहे सानो बच्चा होस् वा ठुलो व्यक्ति वा कुनै महिला । डेंगु ज्वरोको एक गम्भिर र जीवनको लागि खतरनाक रुप हो, डेंगु हँमरेजिक ज्वरो (डिएचएफ), जसको सिकार बच्चा धेरै हुन्छन् ।
लक्षण
- अचानक उच्च ज्वरो आउनु
- चिसो लाग्नु
- गम्भीर प्रकारको टाउको दुखाई
- मांसपेशी र जोडहरुमा दुखाई
- वान्ता हुनु
- छाला रातो हुने र पोल्ने
यसको लक्षण हल्का रुपमा शुरु हुन्छ कसैले यसलाई चिसोको भाइरस सम्झन्छन् । डेंगुको ज्वरोले कहिले काँही एक गम्भिर रुप लिन पनि सक्छ । जसलाई डी–एच–एफ नामबाट चिनिन्छ । यसको परिणाम रक्तश्राव हुन्छ, रातो प्लेटलेट कम हुदै जान्छ, रगत प्लाज्मा चुहिन सक्छ । यो धेरै घातक सिंड्रोम हो । जसबाट खतरनाक रुपमा रक्तचाप कम हुन्छ ।
कारण
- डेंगु भाइरस भएको लामखुट्टेको टोकाइबाट डेंगु ज्वरो र डेंगु हँमरेजिक ज्वरोबाट मानवबाट लामखुट्टे र लामखुट्टेबाट मानवमा फैलन्छ ।
- एडिस प्रजातीको लामखुट्टेबाट डेंगु संचारीत हुनसक्छ । विशेष रुपमा एडिस इजिप्टी प्रजाती डेंगु संचरणको प्रमुख कारण हो ।
- यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सीधै फैलन सक्दैन । यो भाइरस फैलनको लागि एडीज लामखुट्टेको आवश्यकता पर्छ । यो हल्का चिसो स्थानमा जीवित रहनसक्छ । यस मौसममा सजिलै भाइरस फैलन सक्छ ।
(यसबाट बच्ने उपाय, घरेलु उपचार आदीको बारेमा क्रमश चर्चा गर्नेछौ )