इवोला र मारबर्ग भाइरस उस्तै भाइरस हुन् जसको संक्रमणले रक्तश्राव भइृ ज्वरो आउन सक्छ । यस रोग लागेका बिरामीमा अत्यधिक रक्तश्राव हुन्छ, शरीरका अंगले काम गर्न छाड्छन् र धेरै रोगीको मृत्यु हुनसक्छ । यो दुइृ भाइरस अफ्रिकामा उत्पन्न भएको हो । जहाँ केही देशहरुमा यो रोग छिटफुट प्रकोपको रुपमा बढीरहेको छ । इवोला र मारबर्ग भाइरस जनावरको शरीरमा बस्छ र संक्रमित जनावरको सम्र्पकमा जानाले यो रोग लाग्न सक्छ । यो भाइरसबाट संक्रमित व्यक्तिको रगत, पसिना आदी शरीर र यसले निकाल्ने तरल पद्धार्थ वा दुषित सुईको सम्र्पक हुनाले यो रोग फैलन सक्छ ।
आजसम्म यो दुई भाइरसको उपचार गर्ने औषधि बनेको छैन । यो भाइरसबाट पिडित व्यक्तिहरुले मुस्किलले उपचार सफल भएका छन् । वैज्ञानिकहरुले यस्तो खतरनाक रोगको उपचारको औषधि बनाउने कोशिश गरेका छन् ।
इवोला कसरी फैलन्छ
इवोला भाइरसको टेरोपाँडीड विविधताको मुख्य कारण फल र परागकण खाने चमगादन्डो शरीरमा नै बस्छ । मानिसमा इवोला, वनमा बस्ने चिम्पाञ्जी गोरील्ला, बादर जस्ता संक्रमित रोग वा जनावरको रगत, मल मुत्र, अंग वा अन्य जनावरसँगको सम्र्पकमा जानाले फैलन्छ ।
छाला वा झिल्ली भाइरस फाटेमा संक्रमित व्यक्तिको शरीरबाट रगत वा अन्य विविधता भएका जनावरको दुषित स्थान र ओछ्यानको कपडा जस्ता चीजको सम्र्पकमा जानाले एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलन्छ ।
इवोला भाइरसको संक्रमणको लक्षण
- ज्वरो
- टाउको सहनै नसक्ने गरी दुख्नु
- जोड र मांसपेशीमा दुखाइ
- धेरै चिसो लाग्नु
- कमजोरी
- पेट दुख्नु
- धेरै तौल घट्नु
- छाती दुख्ने र खोकी लाग्ने
- आँखा रातो हुने
- रक्तश्राव – विशेष त मृत्यु हुने व्यक्तिको कान, नाख वा मलाशयबाट रगत निस्कनु)
- उल्टी हुने
- भित्री भागमा रक्तश्राव हुने
(यसको कारण, जटिलता, निदान र उपचार क्रमश राख्दै जाने छौ )