कैलाली, बैशाख १६ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारत एक महिलाको पाँचौ कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
२५ दिनदेखि उक्त अस्पतालमा उपचार गराइरहेकि धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको पाँचौ पटक गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ ।
यसअधिका रिपोर्टसमेत सबै पोजिेटिभ देखिदै आएका थिए । अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले समेत रिपोर्टको पुष्टि गरेका छन् ।