काठमाडौं, १६ बैशाख । अनामनगरका समाजसेवी तथा अधिवक्ता रक्षा रैका मगरले व्यक्तिगत पहलमा दुई सय परिवारलाई राहत वितरण गरेका छन् । उनले स्थानीयतहसँगको समन्वयमा लकडाउनका कारण भोकमरीको समस्यामा परेका वृद्घ, अपांग, मजदुर, विद्यार्थीलगायत दुई सय परिवारलाई दाहाल, चामल, चिउरा, तेल आलुलगायतका आवश्यक खाद्यन्न वितरण गरेका हुन् ।
अनामनगरस्थित सामाजिक विकास समाजका महासचिवसमेत रहेका रैकाले आफ्नोतर्फबाट मात्र करिब ५ लाख मूल्य बराबरको राहत वितरण गरेका छन् । समस्यामा परेका बेला सहयोग गर्नु मानवीय धर्म भएको भन्दै रैकाले समस्यामा परेकाहरूलाई आफूले सकेको सहयोग गर्ने बताए ।
उनले मंगलबार मात्र आफ्नो परिवारका सदस्य र नातेदारको तर्फबाटसमेत राहत संकलन गरेन स्थानीय तहसंगको समन्वयमा बालाजु एरियामा ६० परिवारलाई राहत वितरण गरेका छन् । राहत वितरणको क्रम जारी रहेको बताउँदै उनले केही पनि भोकै नपरोस् भनेर आफूहरूले सम्पर्कमा आएका मान्छेहरूको अवस्था हेरेर राहत दिएको जनाए। रैकाकै पहलमा लाफा ग्रुपको तर्फबाट दुई सय परिवारलाई थप राहत उपलब्ध गराईएको छ । नेपाल मगर संघले पनि ३ सय परिवारलाई राहत वितरण गरेको छ ।