एजेन्सी, १७ वैशाख । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । त्यहाँ ३१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।
सबैभन्दा बढी जनसंख्या भएका मुम्बई र दिल्ली जस्ता शहरमा बढी मानिस संक्रमित भएका छन् । मृतकमध्ये अधिकांश वृद्धावस्थाका मानिसहरु रहेका छन् ।
भारतमा एक महिनाभन्दा बढी लकडाउन गरिनुका बाबजुद संक्रमित संख्यामा निकै वृद्धि भइरहेको छ । सँसारको सबैभन्दा बढी जनसंख्या भएको देशमध्ये चीनपछि दोस्रो भारतमा कोरोना भाइरसको संक्रमण फैलन नदिन कडा नीति अपनाइएको छ ।
भारतमा संक्रमितको संख्याको तुलनामा मृतक संख्या निकै कम हो । त्यहाँ संक्रमितमध्ये ३ प्रतिशतको मृत्यु भएको छ ।