काठमाडौं, १७ बैशाख । समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवको अपहरण गरेको आरोप लागेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उक्त आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सांसद अपहरण गर्यो भनेर लगाईएको आरोप भ्रामक भएको पनि स्पष्ट पारेका छन् । उनले आफू कन्सलट्यान्सको लागि महोत्तरी पुगेको र यादवले भनेबमोजिमकै कार्यक्रम भएका पनि दाबी गरे ।
Here is the full video
FILE PHOTO