भिटामिन डि हाम्रो शरीरका लागि अति आवश्यक पर्छ । यसले हामीलाई ऊर्जा मात्र दिदैन रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन मद्दत गर्छ । भिटामिन डी खाना, सुर्यको किरणलगायतबाट प्राप्त गर्न सकिन्छ ।
- टाइप १ र टाइप २ डायबिटीज
- हाईपरटेंशन
- ग्लुकोज इनटोलरेन्स
- ब्रेन स्पाएनल कार्डसँग सम्बन्धित रोगहरु
भिटामिन डि को कमीको कारण
- यदि घामबाट टाढा बस्नाले, दुध नपिउनाले र शाकाहारी भएमा विस्तारै शरीरमा भिटामिन डि को कमी हुनेछ ।
- भिटामिन डि को कम मात्रामा सेवन गर्नाले शरीरमा कमी हुन्छ । भिटामिन डि प्राकृतिक रुपमा धेरै मात्रामा मांसाहारी खानामा पाइन्छ । जस्तो माछा, अण्डा
- घाममा धेरै नबस्नाले । गर्मी हुनाले निरन्तर शितलमा बस्ने भएकाले शरीर भित्र भिटामिन डि को कमी हुन्छ ।
- यदि तपाइँको छाला अध्यारो छ भने गोरो छालाको तुलनामा घाममा धेरै बस्नु पर्ने हुन्छ । किनकी तपाइँको छालामा प्राकृतिक सनक्रिन धेरै हुन्छ यसैले यस्ता छाला भएका मानिसहरु धेरै समयसम्म भिटामिन डि उत्पादन गर्न घाममा बस्नु पर्छ ।
- यदि मिर्गौला सक्रिय र्फममा कन्भर्ट गर्न नसक्दा पनि भिटामिन डि को कमी हुनसक्छ । जति जति उमेर बढ्दै जान्छ त्यत्ति नै भिटामिन डि को सक्रिय गर्ने क्षमतामा ह्रास आउछ र भिटामिन डि को जोखिम बढ्छ ।
- पाचन प्रणालीले ठिकसँग अवशोसित गर्न नसक्नुमा भिटामिन डि को कमीको असर हुन्छ । क्रोनस रोग, सिस्टीक फाइब्रोसिस, सेलिआक रोग आदीको औषधि खानाले भिटामिन डि ग्रहण गर्ने क्षमता घट्न सक्छ ।
- मोटोपनको कारण फ्याट सेल रगतबाट भिटामिन डि निकाल्छ जसको कारण रगत सर्कुलेशनमा यसको कमी हुन्छ जसको बिआइएम ३० भन्दा धेरै छ उनिहरुको प्राय भिटामिन डि कमी हुन्छ ।
- ५० वर्ष भन्दा माथी जसरी उमेर बढ्दै जाँदा छाला सुर्यको प्रकाशसँग मिलेर भिटामिन डि उत्पन्न गर्ने क्षमता घट्दै जान्छ ।
- क्षयरोग लागेका मानिसहरुलाई भिटामिन डि को कमी हुन्छ ।
भिटामिन डि को कमीको उपचार
- सुर्यको प्रकाशमा समय व्यतित गर्नुः बिना सन स्क्रिन गोरो रंगको व्यक्ति १०–१५ मिनेट बस्नु पर्छ भने काला रंगको व्यक्तिहरु १ घण्टा सम्म घाममा बस्नु पर्छ । गर्मीमा भन्दा जाडो मा धेरै ससमय घाममा बिताउनु पर्छ ।
- भिटामिन डि युक्त आहारबाटः माछा, माछाको कलेजो, माछाको तेल, अण्डा र सुदृढ दुग्ध उत्पादन र अन्न उत्पादनमा भिटामिन डि पाइन्छ ।
- औषधिको प्रयोगः डाक्टरको सल्लाहमा भिटामिन डि सप्लिमेन्ट लिनु पर्छ । आवश्यकता भन्दा बढी भिटामिनको प्रयोगले हड्डि सम्बन्धि समस्या उत्पन्न गर्छ ।