Logo

टोखा नगरपालिकाका ६ हजारभन्दा बढिलाई राहत वितरण



काठमाडौं, १७ वैशाख । मुलुकमा जारी गरिएको बन्दाबन्दीका कारण काठमाडौंका टोखा नगरपालिकाका ६ हजारभन्दा बढी नागरिकलाई राहत वितरण गरिएको छ । बानियाँटार युवा कल्ब र जनकल्याण सामाजी केन्द्रले विशेषगरि टोखा नगरपालिकामा रहेका गर्भवति, सुत्केरी, बालबालिका, असहाय, विपन्न, अशक्तलगायतका ६ हजारभन्दा बढि प्रभावितलाई दैनिक राहत वितरण गरिरहेका छन् ।

बानियाँटार युवा कल्बका अध्यक्ष प्रविण बानियाँले वैशाख ४ गतेबाट सुरु गरिएको राहत वितरणमा दैनिक चार सय भन्दा बढीलाई तयारी खाना खुवाउने, दाल, चामल, फलफूल, मासु, अन्डा, हरियो तरकारी लगायतका वितरण गर्दै आएको बताए । उनले दाल, भात, तरकारी लगायतका पकाएको खाना प्याकेटमा घर घरमै गएर पुर्याउने गरेको जानकारी दिए ।

उनले भने,”टोखा नगरपालिकाका कोहीपनि विशेषगरि विपन्न, असहाय, दैनिक मजदुरी गर्नेहरु भोको नबसुन् भन्ने उदेश्यले खाना खुवाउने काम सुरु गरेका हौं । यसका लागि स्थानीय व्यक्तिहरुले आ-आफ्नो क्षमता अनुसार सहयोग गरिरहनुभएको छ ।”

यस्तै जनल्याण सामाजीक केन्द्रका अध्यक्ष विकास कुमार दासले काठमाडौं उपत्यकाबाट बाहिरिने व्यक्ति सहित टोखा नगरपालिका बाहिरका व्यक्तिलाईपनि खाना उपलब्ध गराउने गरिएको बताए । उनले बन्दाबन्दीका कारण प्रभावित भएका व्यक्तिलाई दुबै क्लबको संयुक्त प्रयासमा खाना उपलब्ध गराउने गरिएको जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्