Logo

कांग्रेस सचेतक भुषालद्धारा अर्घाखाँचीका ६ वटै स्थानीय निकायलाई कोरोनाविरुद्ध लड्न आर्थिक सहयोग



काठमाडौं, १८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रतिनिधिसभाकी सचेतक पुष्पा भुषालले अर्घाखाँची जिल्लाका ६वटै स्थानीय निकायले स्थापना गरेको कोरोना भाइरस बिपद ब्याबस्थापन कोषमा आफ्नो तर्फबाट प्रत्येक पालिकालाइ एक्काईस हजार एक सय एक रुपैयाँको दरले नेपाली कांग्रेस जिल्ला कार्य समितीमार्फत उपलब्ध गराएको काङ्ग्रेस अर्घाखाँची का सभापति बिस्नु प्रसाद खनाल मुस्कानले जानकारी दिए ।

पार्टीको तर्फबाट आजै सम्बन्धित पालिकाको खातामा सो रकम जम्मा गरिएको कांग्रेस जिल्ला कार्यसमितिले जनाएको छ । सांसद भुषालले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै संसद बैठकमा पनि यसअघि आफ्नो धारणा राखेकी थिईन् । उनले सरकारलाई कोरोनाविरुद्धको लडाईमा आफ्नो पार्टीको पूर्ण साथ र सहयोग रहनेसमेत प्रतिबद्धता जनाएकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्