काठमाडौं, १९ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा सभापति शेरबहादुर देउवा निकट हुन् । उनले पछिल्लो राजनीतिक गतिविधिका बारेमा पार्टीको धारणा स्पष्ट पारेका छन् । यसै विषयमा उनीसँग ऋषि धमलाले गरेको कुराकानीः
अहिलेको अवस्थामा नेपाली कांग्रेस कनि मौन ? शेरबहादुर देउवाले प्रधानमन्त्रीको राजीनामा लाग्न चाहनुभएन नि ?
नेपाली कांग्रेसको मौनता भन्नै मिलेन नि । अस्ति वैशाख १७ गते बैठक बसेर नेपाली कांग्रेसले अहिलेको कोरोना भाइरसका कारण जनतालाई परेका समस्या, त्यसको समाधानका लागि सरकारले गरेका कामको मूल्यांकनका बारेमा व्यापक रुपमा छलफल गरिसकेका छौं ।
अहिले आफ्नै पार्टीबाट राजीनामा माग भइरहँदा प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा एक शब्द पनि बोल्नु्भएन नि ?
केपी शर्मा ओलीका गल्ती कमजोरीहरु आफ्ना ठाउँमा छन् । नेपालको संविधान बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री हुने भनेपछि त्यहाँ कसलाई प्रधानमन्त्री बनाउने, कसलाई राजीनामा गराउने, कसलाई अध्यक्ष बनाउने भन्ने अधिकार नेकपालाई नै हो । त्यसैले नेपाली कांग्रेस पार्टी अहिले बोलेर राजीनामा माग्नुभनेको संस्थागत आन्दोलनमा जानु हो । अहिले कोरोना भाइरसका कारणले मुलुक आक्रन्त भइराखेको बेलामा सडकमा जाने अवस्था छैन । अहिले हामीले केपी शर्मा ओलीलाई यति मात्र भन्न सक्छौं कि ‘तपाईंलाई प्रधानमन्त्रीको हैसियतले त्यो कुर्सीमा बसिरहने नैतिक अधिकार छैन’ । एउटा पुरा र ठूलो पाटीले यत्ति भनिसकेपछि राजीनामा मागेकै सरह बुझिन्छ ।
नेकपाले खुलेरै राजीनामा मागेको छ, तर कांग्रेसले छैन नि ?
नैतिक रुपमा प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार केपी ओलीलाई छैन । यो भन्नु भनेको कोपी शर्मा ओलीले मुलुक राम्रोसँग सञ्चालन गर्न सक्नुभएन । उहाँको कार्यशैलीले प्रधानमन्त्री भइरहन पनि सुहाएन । भ्रष्टाचारमा फस्नुभयो, कोरोना भाइरसबाट पीडित जनतालाई सेवा गर्न सक्नुभएन । उहाँले सुशासन दिन सक्नुभएन, आफ्नै पार्टीको घोषणापत्र लागु गर्न सक्नुभएन । नेपालको लोकतान्त्रिक संविधानको पनि रंक्षा गर्न सक्नुभएन । यी सबै भइरहँदा नेकपा स्वयंमको सचिवालय बैठक बसिराखेको छ । त्यहाँ उहाँको राजीनामा माग भइरहेको छ । त्यसले नेपाली कांग्रेसले अहिले उत्ताउलो भएर राजीनामा मागिहाल्नुपर्ने कारण देखिँदैन । जुन दिन देखिन्छ त्यतिबेला नेपाली कांग्रेस चुपचाप बस्दैन । अहिले त राजनीतिक अस्थिरताको मात्रै होइन वास्तविकताको उल्टो हिड्न हामी चाहँदैनौं । किन नेपाली कांग्रेसले चाहेर वा नचाहेर केपी शर्मा ओलीको पद रहने, नरहने भन्ने हुँदैन । अहिले नेपाली कांग्रेस लोकतन्त्र रक्षा गर्न र कोरोनासँग नेपाली जनतालाई कसरी मुक्ति दिलाउने भन्नेमा जेसँग पनि सहकार्य गर्न तयार छ ।
तपाईंले यी कुरा भनिरहँदा सभापति शेरबहादुर देउवाले केपी ओलीलाई फोन गरेर तपाईंको सत्ता टिकाउन मेरो साथ भन्नुभयो रे नि ?
बहुमतको बहालवाला प्रधानमन्त्रीलाई हाम्रो साथले सत्ता लम्बिने पनि होइन । हाम्रो साथ छोड्दा सत्ता भत्किने पनि होइन । उहाँले टेलिफोनमा कुरा गर्दा बहालवाला प्रधानमन्त्रीलाई उहाँहरुको आन्तरिक किचलो भइरहेको बेलामा तपाईंले भनेको जस्तो होस् मेरो शुभकामना छ भन्नुभएको हो । म चाहिं तपाईंको पक्षमा छु है भन्ने एउटा सिस्टता हो । शुभकामना दिने कुरा एउटा भयो । सरकारका क्रिकलाप, अराजकता, अस्थिरता, भ्रष्टाचार, कुशासनलगायतका अक्षमता प्रति के गर्नुपर्छ भनेर पार्टीले औपचारिक धारणा बनाइसकेको छ ।
नेपाली कांग्रेसको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा आग्नुपर्छ भन्दा पूर्णबहादुर खड्काले आज राजीनामाको एजेन्डा छैन भनेर टार्नुभयो नि ?
महामन्त्री पूर्णबहादुर खड्काको धारणा नै मेरो पनि धारणा हो । अहिले पनि समाजवादी पार्टीले जस्तो वा राजपाले जस्तो नेपाली कांग्रेसले राजीनामा माग्ने होइन । अहिले त नेकपा नै उहाँको राजीनामा मागिरहेको छ । हाम्रो त त्यहाँ बोल्ने पालै आएको छैन ।
अब त बजेट आउने बेला भइसक्यो कांग्रेसको एजेन्डा के के ?
अब छिट्टै संसद् चल्नुपर्छ । कोरोना भाइरसका कारणले र त्यसबाट आक्रन्त जनतालाई घरघरमा पुगेर सेवा दिनुपर्ने भएकाले हामीले संसद् बन्द गरेका हौं । अब बजेट अधिवेशन चल्ने बेला हुन लागेको छ । यो बजेटलाई कसरी कोरोना भाइरसँग केन्द्रित गर्ने र भ्रष्टाचारलगायत थुप्रै बिकृति, विसंगीका बारेमा संसद् कुरा उठाउनुपर्ने छ । संसद् चल्नेसाथै नेपाली कांग्रेसले कोरोना भाइरसबाट जनतालाई कसरी उन्मुक्ति दिलाउने भनेर कुरा उठाउने छ । साथै अब बन्ने बजेटलाई कसरी जनमुखी बनाउन सकिन्छ भन्ने विषयमा नेपाली कांग्रेस केन्द्रित हुन्छ ।