Logo

बामदेव चुनाव लड्ने सुनिश्चित भएन, पार्टीको निर्देशनमा चल्न ओली तयार



काठमाडौं, बैशाख २१। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले उपाध्यक्ष बामदेव गौतम चुनाव लड्ने विषय सुनिश्चित भइनसकेको बताएका छन् ।

उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेदवार बनाउने भन्ने निर्णय भएको तर चुनावमा जाने सुनिश्चित नै भने भइनसकेको उनको भनाई रहेको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले सही कदम चाल्दै जानु भयो भने उपाध्यक्ष गौतम प्रधानमन्त्री बन्ने बाटो बन्न पनि सक्ने उल्लेख गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सवै निर्देशनलाई आफुले मान्ने प्रतिबद्धता जनाएकाले आफुहरु पछाडी हटेको बरिष्ठ नेता खनालको भनाई रहेको छ ।

“पार्टीको निर्देशन दिन्छ, त्यो अनुसार काम गर्छु भन्ने प्रतिबद्धता उहाँले जनाउनु भएको छ, त्यसैले अहिलेलाई हामी सवैको कुरा मिलेको छ, खनालले भने । उनका अनुसार कुनै कमजोरी भएका छन् भने सच्याउने, गल्तीप्रति आत्मालोचना गर्ने, पार्टीको निर्देशन मान्नेलगायतका प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरेका छन्।

सचिवालय बैठकमा प्रधानमन्त्री ओली निकै विनम्रतापुर्वक प्रस्तुत भइ आत्मालोचना गरेकाले उनको भनाई छ ।प्रधानमन्त्री ओलीको आगामी दिनका यो कार्यशैलीका आधारमा बाँकी कुरा निर्भर रहनेसमेत उनले बताए ।

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आत्मालोचना गरेपछि अन्य सवै नेताहरुले आत्मालोचना गरेको र सवैभन्दा धेरै गल्ती प्रधानमन्त्री ओलीबाट भएको बताएका थिए ।

बरिष्ठ नेता खनालले विधि र नीतिलाई बेवास्ता गरिएकाले विगतमा धेरै कमी कमजोरी भएको र त्यसलाई ध्यान दिनुपर्ने धारणा आफुले राखेको पनि जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्