एजेन्सी, २१ वैशाख । कोरोना भाइरसका कारण आधा विश्वमा लकडाउनले तेल उत्पादक देशहरु मारमा परेका छन् । विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक देश साउदी अरेरिया निकै संकटमा परेको छ । उसले संकटका कारण कठोर निर्णय लिने भएको छ ।
साउदी अरेबियाका अर्थमन्त्री मोहम्मद अल जडानले कोरोना भाइरस सङ्क्रमणको कारण अर्थव्यवस्थामा भएको क्षतिको सामना गर्न कडा र पीडादायी निर्णय लिने बताएका छन्।अल अरेबिया टिभीलाई शनिवार दिएको एक अन्तर्वार्तामा साउदी अरेबियाले बजेट खर्चमा ठूलो कटौती गर्ने अल जादनले बताए। कोरोना भाइरसको प्रभाव चाँडै देखिने समेत बताए ।
साउदी अरेबियाभित्र रहेको ठूला परियोजनाको खर्च समेत कटौती गरिनेछ। मार्चको महिनामा साउदी अरेबियाको केन्द्रीय बैङ्कको विनिमय सञ्चितलाई गएको बीस वर्ष यताकै उच्च र तीव्र गिरावट आएको छ। २०११ पछिकै सबैभन्दा तल्लो तहमा आएको बताइएको छ।
तेलको मूल्यमा आएको गिरावटले पहिलो त्रैमासिकमा ९ अर्ब डलरको बजेट घाटा रहेको छ। जादानले गत महिना भनेका थिए कि साउदी अरेबियाले आफ्नो विदेशी विनिमय सञ्चितलाई सन्तुलित राख्न यस वर्ष २६ अर्व डलर ऋण लिन सक्छ।