Logo

दाहालबाट धोका भयोः नेपाल समूह



काठमाडौं, बैशाख २२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले धोका दिएको निष्कर्ष निकालेको छ।

पार्टीभित्र आन्तरिक विवाद तीव्र बन्दै गएका बेला शनिबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग ‘चोचोमोचो’ मिलाएर धोका दिएको निष्कर्ष नेपाल समूहले निकालेको हो। नेपाल समूह पार्टीभित्र दाहालको भूमिकालाई लिएर थप सशंकित बनेको छ। बैठकअघि दाहालले पार्टीभित्रको संघर्षमा नेपाल समूहलाई साथ दिने बताएका थिए।

दुई अध्यक्षले चोचोमोचो मिलाएर वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउन पहल गर्ने प्रस्ताव बैठकमा पेस गरी अन्य विषयलाई उपेक्षा गरेको भन्दै नेपाल समूह असन्तुष्ट बनेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्