Logo

पार्टी अब ‘एक व्यक्ति, एक पद’ मा जानैपर्छ : अष्टलक्ष्मी शाक्य (भिडियोसहित)



काठमाडौं, २२ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले नेकपा सजिलै नफुट्ने दाबी गरेकी छिन् । उनले पार्टी फुटाउने सोच कसैको पनि नभएको जिकिर गरिन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । उनले पार्टी अब एक व्यक्ति, एक पदमा जानैपर्ने तर्क गरिन् । र, अब बस्ने स्थायी कमिटीको बैठकमा यो विषय उठ्ने शाक्यले जानकारी दिईन् ।

शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउनेबित्तिकै आफूहरुले यसले गणतन्त्र कमजोर पारेको, संविधानलाई कुल्चिएको भनेर आलोचना गरेको सुनाए । उनले भनिन्,”सल्लाह नगरीकन यत्रो पार्टीको नेताले यस्तो अध्यादेश ल्याउन पाईन्छ ? त्यो त गलत भयो नि ।” प्रधानमन्त्री ओलीले मेरै कारणले यत्रो बहुमत आयो भन्नु सामन्तवादी सोच भएको पनि उनको आरोप छ । केपी ओली गणतन्त्रविरोधी नेता नभएपनि यो व्यवस्थालाई कमजोर पार्ने काममा लागेको उनको गम्भिर आरोप छ । उनले प्रश्न गरिन्,-“उहाँले को बाट प्रेरिरत भएर यस्तो काम गर्नुभयो ? स्थायी कमिटीको बैठक राख्ने आफूहरुको माग थियो । त्यो राखियो । अब जे जति कुरा छन्, त्यही बैठकमा छलफल गर्ने हो । त्यहीँभित्र आत्माआलोचना गर्ने हो ।”



प्रतिक्रिया दिनुहोस्