Logo

अमेरिका र युरोपमा मृत्युदर घट्यो, यस्तो छ तथ्याङ्क



(अपडेट: वैशाख २३ गते राति १ बजे)
वैशाख २३, काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ५० हजार ८ सय ४ जना पुगेको छ ।
कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ ।
अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या मंगलबार राति १ बजेसम्मको रिपोर्टअनुसार ६९ हजार १ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा जम्मा ५ सय २३ जनाको मृत्यु भएको छ । यो संख्या अघिल्ला दिनहरुमा भन्दा कम हो ।
त्यस्तै त्यहाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या १२ लाख ८ सय ७४ पुगेको छ । तिमध्ये १ लाख ८१ हजार ६ सय जना मात्रैै उपचारपछि निको भएका छन् । अझै ९ लाख ५० हजार अमेरिकी नागरिकको उपचार भइरहेको छ ।उता, बेलायतमा मृत्यु हुनेको संख्या २८ हजार ७ सय ३४ पुगेको छ । संक्रमितको संख्या १ लाख ९० हजार नाघेको छ । त्यहाँ सोमबार २ सय ८८ जनाको मृत्यु भयो । जुन अघिल्ला दिनमाभन्दा थोरै हो ।कोरोनाको उद्गमस्थल चिनमा ८२ हजार ८ सय ८० जना संक्रमित भएका छन । तर त्यहाँ ७७ हजारभन्दा बढि उपचारपछि निको भइसकेका छन् ।

सोमवार इटालीमा १ सय ९५ जनाको मृत्यु भएको छ भने स्पेनमा १ सय ६४ जनाको मृत्यु भएको छ । योसहित इटालीमा मर्नेको संख्या २९ हजार ८० पुगेको छ भने स्पेनमा २५ हजार ४ सय २८ पुगेको छ । यी दुवै देशमा पनि मृत्यु हुनेको संख्या घट्दै गएको छ ।

फ्रान्समा २५ हजार २ सयभन्दा बढिको मृत्यु भइसकेको छ । फ्रान्समा १ लाख ०७ हजार संक्रमित छन् । त्यहाँ पनि सोमबार ३ सय ६ जनाको मात्रै मृत्यु भयो ।

छिमेकी मुलुक भारतमा मृत्यु हुनेको संख्या १ हजार ४ सय ५२ जना पुगिसकेको छ । भारतमा संक्रमितको संख्या ४४ हजार ८ सय नाघेको छ । भारतमा भने मृत्यु हुने र संक्रमितको संख्यामा कमी आएको छैन ।

कुन देशमा कतिको मृत्यु ?

बेेेेेेेेेेल्जियम – ७९२४

जर्मनी – ६८७९

इरान – ६२७७

ब्राजिल – ७१०६

नेदरल्याण्ड – ५०८२

टर्की – ३४६१

क्यानडा – ३८८२

स्विडेन – २७६९

स्विजरल्याण्ड – १७८४

मेक्सिको – २१५४

इक्वेडर – १५६९

आयरल्याण्ड – १३१९

रुस – १३५६

पेरु – १२८६

पोर्चुगल – १०६३

चिनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना अहिले विश्वभरका २ सय १२ देशमा फैलिएको छ ।

अहिलेसम्म यो भाइरसका कारण ३६ लाख २० हजार ६ सय संक्रमित भएका छन् । संक्रमितमध्ये करिब ११ लाख ७९ हजार जना निको भएका छन् । उपचाररत करिब २१ लाख ८९ हजारमध्ये करिब ५० हजारको अवस्था भने चिन्ताजनक छ ।

विश्वभर पछिल्लो २४ घण्टामा ५७ हजार संक्रमित र २ हजार ६ सय ५८ जना मृतक थपिएका छन् । यो संख्या अघिल्ला दिनको तुलनामा घटेको हो ।



प्रतिक्रिया दिनुहोस्